१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ७ मा एक अर्बको अल्पकालीन बजेट ल्याइने



१७ चैत, कञ्चनपुर ।
प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखी १ अर्ब २ करोड ५ लाखको बजेट ल्याउन लागिएको बताएका छन् ।

वेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको निरीक्षणका लागि शुक्रबार पुग्नुभएका मन्त्री बोहराले प्रदेशमा २५ करोडको तरकारी भारतबाट भित्रिने गरेको उल्लेख गर्दै भारतीय तरकारीलाई विस्थापन गर्न किसानमुखी बजेट ल्याउन लागिएको बताए ।

दैजी छेला औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने उनले बताए । दैजी–जोगबुढा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, तटबन्ध निर्माणका लागि काम अगाडि बढाउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गाको नापनक्शा बनाई जग्गाधनी पुर्जा दिने काम अगाडि बढाइदिन नगरपालिकाका प्रमुख अशोककुमार चन्दले मन्त्री बोहरासमक्ष आग्रह गरेका थिए ।
रासस

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार ००:००