१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी



हेमन्त के सी
१४ चैत्र, सुर्खेत ।
कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् । केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ ।

उपलव्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ । ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा समस्या भएको, एसी नभएको, अगाडिको सीसा फुटेको, ब्याक लाइट नभएका गाडीहरु केन्द्र सरकारले कर्णाली प्रदेशलाई पठाउँदा समस्या मात्र भएको हो ।

केन्द्र सरकारले कर्णाली प्रदेशका लागि ११ वटा गाडी उपलव्ध गराएको छ । केन्द्रबाट आएका अधिकांश गाडीको अवस्था हेर्दा समस्यै समस्याले गाँजिएको मात्र छ । दुईवटा गाडी पनि चल्ने अवस्थामा नरहेको बताइन्छ । केन्द्रबाट आएको बा १ झ ९१८८ नम्वरको स्कार्पियो र बा १ झ ३८६९ नम्वरको ल्याण्डक्रुजर प्रयोग नै गर्न नमिल्ने अवस्थामा रहेको छ ।

स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा बिभागबाट पठाएको बा १ झ ३८६९ नम्बरको अर्को गाडी चलाउने अवस्थामा नरहेको पाईएको छ । गाडीको किसिम शीर्षकमा लेखिएको छ, चालु अवस्थामा नरहेको, मर्मत गर्नुपर्ने ।

गाडीको व्यवस्थापन गर्नै गाह्रो

केन्द्रले बिग्रीएका र थोत्रा गाडी मात्र पठाएपछि कर्णाली प्रदेश सरकारलाई गाडीको व्यवस्थापन गर्न समस्या भएको छ । १५ वटा गाडी पठाएको जानकारी आएपनि ३ वटा अझै यहाँ आई नपुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत युवराज न्यौपानेले बताए ।

पन्ध्र गाडी पठाउने जानकारी आएपनि ३ वटा गाडी अहिलेसम्म आईनपुगेको उनले बताए । आएकामध्ये पनि दुईवटा बिग्रीएकाले व्यस्थापनमा समस्या भएको उनले बताए । कर्णाली प्रदेशमा अहिले व्यवस्थापनका लागि ३४ वटा गाडी चाहिएको छ । तर केन्द्रले नदिएका कारण प्रदेश सभाका ४ वटा विभिन्न समितिका सभापति, विपक्ष दलका नेता, दलका सचेतक, संसदीय दलका नेताहरुलाई समेत सरकारले गाडी उपलव्ध गराउन सकेको छैन ।

त्यस्तै, प्रदेशसभा सचिवालयका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई समेत गाडी छैन । प्रदेश सरकारका कतिपय मन्त्री र सचिवलाई जिल्ला तथा क्षेत्रीय कार्यालयसंग समन्वय गरेर गाडीको जोहो गरिएको छ । अस्थायी रुपमा गरिएको व्यवस्थाले दिर्घकालीन समाधान निकाल्न नसकिने भएको छ ।
रासस

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहिबार ००:००