७ असार २०८३, आइतबार | Mon Jun 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ४ को मन्त्रिपरिषद् विस्तार



१२ चैत, पोखरा ।
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुनःगठित एवं विस्तारित मन्त्रिपरिषद्मा पृथ्वीसुब्वा गुरुङ मुख्यमन्त्री, किरण गुरुङ आर्थिक मामिला तथा योजनामन्त्री, हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री, रामशरण बस्नेत भौतिक पूर्वाधार विकासमन्त्री, नरदेवी पुन सामाजिक विकासमन्त्री, विकास लम्साल उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री र लेखबहादुर थापा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । तेस्रो पटक गरिएको मन्त्रिपरिषद् पुर्नःगठन एवं विस्तारसंगै प्रदेश नं ४ को मन्त्रिपरिषद्ले पूर्र्णता पाएको छ ।
रासस

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ००:००