१० श्रावण २०८१, बिहिबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छः मुख्यमन्त्री



११, नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेका जिल्लामा प्रत्येक बर्षमा एउटा नमुना आयोजना सम्पन्न हुनु पर्ने बताएका छन् । विदुर नगरपालिका– ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन उद्घाटनपछि मुख्यमन्त्री पौडेलले सानातिना योजनामा बजेट छर्नुभन्दा ठूला र देखिने योजना अघि सार्न आग्रह गरे “५ वर्षमा ५ वटा यस्ता महत्वपूर्ण योजना सम्पन्न गराऔंँ, जसले जिल्लाको कायापलट गर्ने छ । पैसा छरेर मात्र विकास हुँदैन ।”

पौडेलले कतिपय स्थानमा वृद्धाश्रमको नाममा व्यापार समेत हुने गरेको बताउँदै नुवाकोटको जस्तो भवन हरेक जिल्लामा निर्माण गर्नु पर्ने बताए । उनले पछिल्लो समय वृद्धहरुलाई परिवारले नहेर्र्ने समस्या बढेकाले परिवारबाटै हेरचाह गराउने अभियानसमेत प्रतिष्ठानले सञ्चालन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला अध्यक्ष तथा सांसद नारायणप्रसाद खतिवडाले वृद्धहरुलाई फरक रोग लाग्ने भएकाले हरेक जिल्लामा कम्तीमा एउटा ज्येष्ठ नागरिक अस्पताल निर्माण गरी आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने बताए । वि.सं २०६७ मा स्थापित प्रतिष्ठानले देवीघाटनमा ६ रोपनी जग्गामा ४ तले भवन बनाएको छ । सरकारी अनुदान १ करोड ७२ लाख रुपैयाँ र दाताबाट प्राप्त १ करोड ४७ लाख रुपैयाँको लागतमा भवन निमाृण भएको हो ।

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले ७० ज्येष्ठ नागरिकलाई केन्द्रमा आश्रय दिन सकिने क्षमता रहेको र प्रतिष्ठान हातामा ज्येष्ठ नागरिक अस्पताल बनाउने योजना रहेको जानकारी दिए । आज नै प्रतिष्ठानले सञ्चालन गरेको शतचण्डी महायज्ञ सम्पन्न भएको छ । रासस

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतबार ००:००