६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश एकः प्रदेशसभा नियमावली सर्वसम्मतले पास



९ चैत, विराटनगर ।
प्रदेश नं १ को प्रदेशसभाको बिहिबार बसेको बैठकले प्रदेशसभा कार्य सञ्चालनका लागि बनेको प्रदेशसभा नियमावली मस्यौदा प्रस्ताव– २०७४ सर्वसम्मतरुपमा पास गरेको छ ।

मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले नियमावली पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

पहिलो बैठकमा नियमावलीका विषयमा प्रदेशसभाका १२ जना सदस्यले बोलेका थिए । प्रदेशसभाको बिहिबार बसेको दोस्रो बैठकमा नियमावली सर्वसम्मतरुपमा पास भएको घोषणा सभामुख प्रदीप भण्डारीले गरेका थिए ।

दोस्रो बैठकमा प्रदेशसभा सदस्य उषाकला राईले नियमावलीको केही बुँदामा संशोधनका लागि संशोधन प्रस्ताव राखेकी थिइन् । उनको प्रस्तावसहित नियमावली सर्वसम्मतरुपमा पास भएको हो ।

मस्यौदाउपर उठेको विषयमा मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले जवाफ दिएका थिए । प्रदेशसभाको अर्को बैठक चैत २४ गते बुधवार बस्नेछ ।
रासस

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ००:००