७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारी र बजेट देऊः मुख्यमन्त्री शाही



८ चैत, भक्तपुर ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गरेका छन् । भक्तपुरमा रफत क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने– “बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेको छ ।”

मुख्यमन्त्री शाहीले भने, “प्रदेश सरकार सञ्चालन अहिलेका लागि नितान्त नयाँ विषय हो, यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न दक्ष कर्मचारीको चरम अभाव छ, सरकारले कर्मचारी पठाइदिए सहज हुने थियो ।”

गरिबीले पिल्सिएको प्रदेश भए पनि अवसर र सम्भावना धेरै बोकेको कर्णाली प्रदेशलाई भ्रष्टाचार मुक्त बनाउने, आगामी वर्ष पर्यटन वर्ष घोषणा गर्दै प्रदेशको विकासमा गुरुयोजना सहित अगाडि बढेर विकासमा नमूना प्रदेश बनाउने लक्ष्य रहेको पनि उनले बताए ।
रासस

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार ००:००