१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित



७ चैत, पोखरा ।
प्रदेश नं ४ को मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४ सर्वसम्मतले पारित गरेको छ ।

उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी पाएका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले ‘प्रदेश सरकार प्रदेश नं ४ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४’ लाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतले पारित गरेको हो ।

त्यस्तै बैठकले प्रदेशसभा अन्तर्गत रहने विभिन्न समितिका सदस्य चयन गरेको छ । बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसअघि पाँच सदस्य चयन भएको विधायन समितिमा सदस्य थपका साथै सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति र अर्थ तथा विकास समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्दा बैठकले त्यसलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।

बैठकले अनुमोदन गरेका सदस्यमा विधायन समितिमा ललितकला गुरुङ, कृष्णचन्द्र नेपाली पोखरेल र चन्द्रबहादुर बुढालाई थप गरिएको छ । सार्वजनिक लेखा समितिमा ओमकला गौतम, विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ, रामबहादुर गुरुङ, पियारी थापा, गायत्री गुरुङ, दीलमाया रोका र प्रकाशचन्द्र दवाडी छन् ।

प्रदेश मामिला समितिमा चिन्तबहादुर घले, मनकुमारी गुरुङ, कोपिला बोहोरा, मधु अधिकारी, दीपक थापा र मित्रकुमारी गुरुङ सुवेदी रहेका छन् । त्यस्तै अर्थ तथा विकास समितिमा दीपक कोइराला, विनोद केसी, दोबाटे विश्वकर्मा, सरिता गुरुङ, भगवत प्रकाश मल्ल, कृष्ण थापा, जनकलाल श्रेष्ठ र हरिशरण आचार्य रहेका छन् ।
रासस

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ००:००