२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं १ मन्त्रिपरिषद् बैठकले गर्याे ४ निर्णय



६ चैत, विराटनगर ।
प्रदेश नं १ को मन्त्रिपरिषद्को अाज अपराह्न बसेको बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्रकार सम्मेलन गरी बैठकको निर्णय सार्वजनिक गरेको हो ।

बैठकले प्रदेश कानून निर्माणका लागि पूर्वसांसद रेवतीरमण भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय कानून मस्यौदा सुझाव समिति गठन गरेको छ ।

यस्तै प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले बताए ।

त्यस्तै विनियोजिन विधेयक २०७४ का लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको प्रवक्ता कार्कीले बताए । बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयकको मस्यौदा स्वीकृत गरी भोलि बस्ने प्रदेशसभाको वैठकमा पेश गर्र्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले चैत मसान्तभित्र सबै कानून निर्माण गरिसक्ने प्रवक्ता कार्कीले बताए ।
रासस

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार ००:००