७ असार २०८३, आइतबार | Mon Jun 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ५ः प्रादेशिक योजना आयोग गठन



६ चैत, बुटवल ।
प्रदेश नं ५ को सरकारले प्रादेशिक योजना आयोग गठन गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ जारी गरी प्रादेशिक योजना आयोगका उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले मुख्यमन्त्रीका प्रेस सल्लाहकारमा गुल्मी स्थायी निवासी हाल रुपन्देहीमा करीव दुई दशकदेखि पत्रकारितामा क्रियाशील शेरबहादुर खत्रीलाई नियुक्त गरेको छ ।

बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले केन्द्रीय सरकारले प्रदेशमा हस्तान्तरण गरेको १ अर्ब २ करोड बजेट यही चैत मसान्तभित्र बिनियोजन गरिसक्नुपर्ने भएकाले आ–आफ्नो मन्त्रालयमा १० दिनभित्र साधारण र पूँजीगत खर्चको योजना मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका छन् ।

प्रदेश सरकारले केन्द्र सरकारबाट प्राप्त उक्त बजेटको विनियोजन प्रदेशसभा मार्फत नीति तथा कार्यक्रम बनाएर प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार सरकारले चैत मसान्तभित्र नै सोही बजेटका आधारमा प्रदेश प्रमुख मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी तयारी थालेको पोखरेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार ००:००