१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जथाभावी फोहोर फाल्ने ८४ जना महानगरपालिकाको कारबाहीमा



६ चैत, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनालाई कारबाही गरी २ लाख ३७ हजार ३५० असुल गरेको छ ।

कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ८४ जनालाई कारबाही गरिएको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने ८४ जनाबाट कारबाही स्वरुप २ लाख ३७ हजार ३५० असुल गरिएको हो ।

विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम ५०० देखि १ लाख सम्म जरिवानाको व्यवस्था गर्दै आएको छ । त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् । हरेक दिन कामनपाले काठमाडौं उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ ।
रासस

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार ००:००