५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झण्डै एक महिनापछि प्रदेश ५ मा मन्त्रिपषिद् विस्तार



५ चैत, बुटवल ।
प्रदेश नं ५ मा सरकार गठन भएको झण्डै एक महिनापछि दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले तीन सदस्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रदेश नं ५ मा मन्त्रिमण्डलमा छ जना छन् । गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त शङ्कर पोखरेलले सोही दिन नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी र नेकपा एमाले कावैजनाथ चौधरीलाई समावेश गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

आज मन्त्रीमा नियुक्त हुनेमा एमालेबाट रुपन्देहीका प्रदेशसभा सदस्य लीला गिरी– उद्योग, पर्यटन, वन, वातावरण र जलवायु र बाँकेका आरती पौडेल– भूमि व्यवस्थापन, कृषि तथा सहकारी तथा माओवादी केन्द्रबाट गुल्मीकासुदर्शन बराल— सामाजिक विकास छन् ।

नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनीयताको शपथ गराए । नवनियुक्त मन्त्रीले शपथलगत्तै आजै पदबहाली गरेका छन् ।

उत्पादकत्व वृद्धि गरिने

पदबहाली गर्दै उद्योगमन्त्री गिरीले औद्योगिकीकरण र पर्यटन प्रवर्द्धनसंगै वातावरण तथा वनको संरक्षण गरी उत्पादकत्व वृद्धि गर्ने पहिलो निर्णय गरेका छन् । उनले तत्कालका लागि प्रदेशको औद्योगिकीकरण, पर्यटन प्रवर्द्धन, वन क्षेत्रको संरक्षण र उत्पादकत्व वृद्धि एवं स्वच्छ वातावरणका कार्यक्रम समेटिने गरी कार्ययोजना बनाउने निर्णय गरेका छन् ।

सो मन्त्रालयबाट सम्पादन हुने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सरोकार भएकाहरुको संलग्नता र सहभागिता हुने गरी मन्त्रालयका उपसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ । मन्त्री गिरीले सुशासन नै पहिलो र अनिवार्य शर्त भएकाले सोहीअनुरुप काम गर्न निर्देशन दिए ।

सामाजिक विकासमन्त्री बरालले पदवहालीपछि सञ्चारकर्मीसंग कुरा गर्दै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सर्वसुलभ बनाइने बताए ।
रासस

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ००:००