६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ५ प्रदेशसभा बैठकद्वारा प्रदेशसभा नियमावली पारित



४ चैत, बुटवल ।
प्रदेश नं ५ को प्रदेशसभाको बैठकले प्रदेशसभा नियमावली पारित गरेको छ । आज (आइतबार) दिउँसो बसेको बैठकले बहुमतले प्रदेशसभा नियमावली पारित गरेको हो ।

प्रदेशसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति हरिप्रसाद रिजालले नियमावली प्रस्तुत गरेका थिए । नियमावलीमाथि प्रदेशसभा सदस्य अष्टभूजा पाठक, भोजप्रसाद श्रेष्ठ, तुलाराम घर्तीमगर र सन्तोष पाण्डेले आफ्ना धारणा राखेका थिए ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक प्रदेशसभा बैठकमा प्रस्तुत गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पोखरेलले अब प्रदेशसभामा कानुन निर्माणको प्रक्रिया शुरु भएकाले जनचाहना अनुसार अघि बढ्ने बताए ।

प्रदेशसभाको आजै बसेको दोस्रो बैठकमा प्रस्तुत विधेयकउपर सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा एमालेका प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले प्रस्तुत विधेयक निकै व्यवस्थित ढंगले आएको र यसले ५ नं प्रदेशको विकासलाई अघि बढाउन आधार तयार भएको बताए ।

उनले यस प्रदेशको विकासका लागि सत्ता पक्ष विपक्षीको सोचले भन्दा पनि विकासका लागि सबै एकताको सुत्रमा बाँधिएर जानुपर्नेमा जोड दिए ।

यस्तै विपक्षी दल नेपाली कांग्रेसका प्रदेश सदस्य डिल्लीप्रसाद चौधरीले विधेयक पुँजीगत खर्च समयमै हुने र योजना समयमै सम्पन्न हुने गरी आउनुपर्नेमा जोड दिँदै आर्थिक पारदर्शीता बनाउन विधेयकमा गम्भीर छलफल हुनु जरुरी रहेकामा जोड दिए ।
रासस

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतबार ००:००