६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ३ को बजेटबारे छलफल शुरू



४ चैत, हेटौँडा ।
प्रदेश नं ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले हेटौँडामा आज देखि दुई दिन चालु तथा आगामी आव २०७४÷२०७५ को बजेट तर्जुमामा विज्ञसँग छलफल कार्यक्रम शुरु गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले उक्त कार्यक्रमको उद्घाटन गर्दै आगामी पाँच वर्षमा गर्न सकिने कामको मात्र योजना तर्जुमा गर्नुपर्ने बताउदै सम्भव नहुने योजनातर्जुमा नगर्नु नै राम्रो हुने धारणा राखे ।

सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश नं ३ कृषि, उद्योग ,शिक्षा, पर्यटन, ऊर्जा र जनशक्तिको सम्भावना भएको क्षेत्र भएकाले यसको समुचित उपयोग गर्न इमानदारीपूर्वक एकजुट भएर काम गर्न आवश्यक भएको बताए ।

सो अवसरमा मन्त्रालयले विज्ञ ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, तीलचन्द्र भट्टराईलगायतका पाँच जनासँग चालु वर्ष र आगामी आवको बजेटसम्बन्धी संविधानमा भएको व्यवस्था तथा कानूनी व्यवस्थाबारे छलफल गरी प्रदेश सरकारलाई सुझाव दिनेछ ।

प्रदेश नं ३ को मन्त्रिपरिषद्ले चालू वर्षको बजेट यही चैत २० गते प्रदेशसभामा पेश गर्ने जानकारी दिएको छ ।
रासस

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतबार ००:००