२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस



२५ फागुन, विराटनगर ।
मुख्यमन्त्री शेरधन राईले प्रदेश नं–१ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गरेका छन् ।

नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहाकार हो ।

मुख्य न्यायधिवक्तामा सिफारिस भएका आचार्य २०४६ सालमा अधिवक्ता भएका थिए भने २०७४ सालमा वरिष्ठ अधिवक्ता भएका हुन् । उनी २०५७ सालमा नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष र मोरङ वार एशोसिएसनका अध्यक्षसमेत भइसकेका छन् ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार ००:००