१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश २ मा महिला र बालिका शिक्षाका लागि विशेष कार्यक्रम



२४ फागुन, महेन्द्रनगर– धनुषा ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले महिलाको समाजिक सुरक्षाको प्रत्याभूति र बालिकाको शिक्षाका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताएका छन् ।

एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विज्ञप्ति प्रकाशन गरी मन्त्री राउतले महिलामाथि हुने हिंसा, दाइजो प्रथा लगायतलाई नियन्त्रण गर्न कानुन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै प्रदेश सरकारले महिलाले पाउँदै गएको सफलतालाई संस्थागत गर्दै आगामी दिनमा तिनको सशक्तीकरण, रोजगारी र शिक्षामा विशेष प्राथमिकता दिइने स्पष्ट गरेका छन् ।
रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहिबार ००:००