६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ७ को मुख्य न्यायधिवक्तामा उपाध्याय नियुक्त



 

२३ फागुन धनगढी । प्रदेश नं ७ को मन्त्रिपरिषद्ले प्रदेशको मुख्य न्यायाधिवक्तामा कुलानन्द उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अछामको तुर्माखात गाउँपालिका स्थायी ठेगाना भएका अधिवक्ता उपाध्याय विगत २३ वर्षदेखि धनगढीमा बसेर वकालत गर्दै आएका छन् ।

नेपाल बार एशोसिएशनको केन्द्रीय उपाध्याक्षसमेत रहनुभएका ४६ वर्षीय उपाध्यायले संवैधानिक कानून, फौजदारी कानून र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

बैठकले ४ सदस्यीय प्रदेश कानून मस्यौदा समिति गठन गर्ने निर्णय गरेको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । रासस

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ००:००