१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्र बिवादका कारण एकसाता देखिको दुनै बन्द खुल्यो



२३ फागुन, दुनै– डोल्पा ।
डोल्पा सदरमुकाम दुनै एकसाता देखिको बन्दपछि बुधबार बिहानैदेखि खुलेको छ । सदरमुकाम दुनैमा रहेको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएपछि सदरमुकामवासीले एक सातादेखि आन्दोलन जारी राखेका थिए ।

बन्दका कारण शैक्षिक संस्था, बैंकिङ कारोबार, दैनिक उपभोग्य वस्तुहरुको आपूर्तिमा सरकारी तथा गैह्रसरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह समेतलाई मध्यनजर राख्दै बुधबारदेखि बन्द खुलाइएको आन्दोलन संघर्ष समिति डोल्पाले जनाएको छ ।

बुधबारदेखि बन्द खुलाइए पनि सांकेतिक आन्दोलन र वैचारिक आन्दोलनलाई जारी राखिने बताइएको छ । यसअन्तर्गत शान्तिपूर्ण विरोध सभा, हस्ताक्षर संकलन अभियान र कालो झण्डा प्रदर्शन लगायतका सांकेतिक कार्यक्रम जारी राख्ने आन्दोलन संघर्ष समितिका संयोजक हिक्मत शाहीले जानकारी दिए ।

उनका अनुसार छोटो अवधिमा आफूहरुको माग पूरा नभए पुनः आन्दोलनको स्वरुपमा परिवर्तन गरेर अनिश्चितकालीन बन्द गरिने समेत संयोजक शाहीले बताए ।
रासस

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ००:००