१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिससद्वारा कामपालाई बाह्र करोड रकम हस्तान्तरण



२२ फागुन, काठमाडौं ।
काठमाडौं जिल्ला समन्वय समितिले आव २०७३÷७४ सम्मको काठमाडौं महानगरपालिकालाई दिन बाँकी रहेको मालपोत र रजिष्ट्रेशनवापतको १२ करोड २१ लाख ६८ हजारको चेक हस्तान्तरण गरेको छ ।

आज आयोजित चेक हस्तान्तरण कार्यक्रममा जिससका प्रमुख शिवसुन्दर राजवैद्यले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कामपाका प्रमुख शाक्यले काठमाडौं उपत्यकाको विकासमा कामपाले मात्र केही गर्न नसक्ने भन्दै दिगो विकासका लागि एकीकृत विकासको अवधारणाका साथ अघि बढ्नुपर्ने धारणा राखे ।

कामपाको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले शहरलाई वातावरणमैत्री र सुन्दर बनाउनका लागि पनि जिसस र कामपाबीच सहकार्य आवश्यक रहेको बताए । जिससका प्रमुख राजवैद्यले आफूहरुलाई पूर्णरुपमा काम गर्ने अधिकार नदिएको भन्दै गुनासो गरे ।
रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलबार ००:००