६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरपालिकाका नागरिक नै न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित



२२ फागुन, ललितपुर ।

ललितपुर महानगरपालिकावासी न्यूनतम स्वास्थ्य सेवाबाट समेत वञ्चित छन् । महानगरपालिकामा सामान्य उपचारका लागि एउटा पनि सरकारी तहको अस्पताल नहुँदा सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधामा महानगरवासीको पहुँच पुगेको छैन ।

ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरमा मानसिक अस्पताल बाहेक एउटा पनि सरकारी अस्पताल नभएको बताए । उनले भने, “यहाँबाट बिरामी काठमाडौंका सरकारी अस्पताल वा निजी अस्पताल जान बाध्य छन् ।”

सरकारी अस्पताल नहुँदा सबैभन्दा बढी समस्या महिलालाई भएको अध्यक्ष कार्की बताउछन् । महानगरपालिका अन्तर्गत २० क्लिनिक सञ्चालित छन् । ती मध्ये कतिपयले ‘बर्थिङ सेन्टर’ शुरु गरेका छन् । ती केन्द्रबाट सिफारिस गरेर कहाँ पठाउने समस्या हुने गरेको उनी बताउछन् । उनी भन्छन्, “कि त किष्ट अस्पताल वा प्रसूति गृह पठाउने गरिन्छ ।”

सिङ्गो महानगरपालिकामा जिल्ला तहको अस्पताल मात्रै होइन प्राथमिक स्वास्थ्य केन्द्र समेत छैन । सरकारले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउने औषधि र स्वास्थ्यकर्मीको सेवाबाट स्थानीयवासी वञ्चित हुन परिरहेको छ ।

उनी भन्छन्, “शहरी क्षेत्रमा धेरै शहरी गरीव पनि बसोबास गर्छन्, उनीहरुले पनि न्यूनतम शुल्कमा सेवा पाएका छैनन् ।” विषयगत कार्यालयले दिने सेवा स्थानीय तहले दिने भनिए पनि स्वास्थ्य लगायत कार्यालयले सञ्चालन गर्ने कार्यक्रम शुरु भइसकेको छैन ।
रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलबार ००:००