१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव



२० फागुन, सुर्खेत । कर्णालीको प्रदेश सभामा चारवटा समिति बनाउन प्रस्ताव गरिएको छ । प्रदेश सभाद्वारा गठित प्रदेश सभा नियमावली २०७४, मस्यौदा समितिले ४ वटा समिति बनाउने प्रस्तावसहित प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको हो ।

समितिले प्रदेश सभामा पेश गर्न विधायन तथा आन्तरिक मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोतसाधन र सामाजिक विकास समिति बनाउने प्रस्तावसहित प्रतिवेदन तयार गरेको मस्यौदा समितिका संयोजक सीता नेपालीले जानकारी दिए ।

प्रदेश सभा नियमावली निर्माणका लागि मस्यौदा समितिको पहिलो बैठक फागुन ९ गते बसेको र उक्त समितिले १५ दिनभित्र नियमावली सभामुखलाई बुझाउन निर्देशन गरेको थियो । नियमावलीसँगै समितिले प्रदेश सभाका लागि चारवटा समिति प्रस्ताव गरेको प्रतिवेदन बुझाउन लागेको उनले बताए ।

प्रदेश सभा सदस्य नेपालीको संयोजकत्वमा आठ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । सरकारले काम दिन नसक्दा प्रदेश सभा अनिश्चितकालका लागि स्थगित छ । रासस

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार ००:००