२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरपालिका प्रमुख विराटनगर सफाइ अभियानमा



२० फागुन, विराटनगर ।
सफा नगर अभियानका लागि विराटनगर महानगरपालिकाले आजदेखि विशेष अभियान शुरु गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरको वी प्लटमा एक कार्यक्रमको आयोजना गरेर उक्त अभियानको शुभारम्भ गरे ।

सफा नगर अभियानमा दाह्री समूह, विङ नेपाली, युथ नेपाल, नेपलिज टिन्स लगायत संस्थाको सहभागिता छ । नगर प्रमुख पराजुलीले सडकका पेटी, सडकको दायाँबायाँ रहेको फोहर उठाउने, सडकमा पानपराग गुट्खा तथा कागज र प्लाष्टिकजन्य फोहर संकलन गरेका थिए ।

विराटनगर महानगरपालिकालाई सफा शहरका रुपमा विकास गर्न अभियान शुरु गरिएको हो । उक्त अभियानमा आगामी दिनमा ५० भन्दा बढी संघसंस्थासंग सहकार्य गरेर अघि बढ्ने महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकामा हाल दैनिक १०० टन फोहर संकलन हुँदै आएको छ ।
रासस

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार ००:००