६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकामा सूचना प्रविधि केन्द्र स्थापना



२० फागुन, अछाम ।

अछामको साफेबगर नगरपालिकाले नगर डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले शनिबार सूचना प्रविधि केन्द्रको शुभारम्भ गर्दै सूचना प्रविधि केन्द्र स्थापना गर्नेमा देशभरमै पहिलो स्थानीय तह बनेको बताएको छ ।

स्थानीय जनतालाई सुसूचित पार्ने र नगरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

मालिका विकास संघ नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा नगरमा सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो ।

सूचना प्रविधि केन्द्रमार्फत नगरपालिकाभित्र भएका सबै नीतिगत निर्णय तथा कार्यक्रमको बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिने नगर प्रमुख कुलबहादुर कुँवरले बताए ।

जनप्रतिनिधि भइसकेपछि नगरपालिकाको कार्यालयमा सिसी क्यामरासमेत जडान गरिएको छ । सूचना प्रविधि केन्द्रको उदघाट्न गर्दै प्रदेश सांसद हर्कबहादुर कुँवरले छिटो छरितो, सुशासनका लागि प्रदेश ७ का सबै जिल्लामा विस्तार गर्न प्रदेश सरकारमा आफूले प्रस्ताव राख्ने प्रतिबद्धता जनाए ।

यस्तै धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले २१औँ शताब्दीमा नेपालमा करिब ८० प्रतिशतभन्दा बढी जनताले मोबाइल प्रयोग गर्ने भएकाले त्यसैमा सूचना पाउने वातावरण मिलाउनका लागि सूचना प्रविधि केन्द्रको आवश्यकता भएको उल्लेख गरे ।
रासस

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार ००:००