२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारी अभावले सेवाप्रवाहमा कठिनाइ भयोः मुख्यमन्त्री पौडेल



१९ फागुन, नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाई भइरहेको बताएका छन् । जिल्ला समन्वय समिति नुवाकोटले शनिबार विदुरमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो गरे ।

“स्थानीयतह स्थापना भएको दश महिना भइसक्यो, प्रदेश सरकार स्थापना गर्न कर्मचारीकै कारण मुख्य समस्या भएको छ ।” मुख्यमन्त्री पौडेलले भने, “कर्मचारी चाहियो भनेर मौखिक र लिखित जानकारी गराउँदा केन्द्रले किन बेवास्था गरेको बुझ्न सकिरहेको छैन ।”

केन्द्रका कर्मचारीले अधिकार दिन नचाहेको र राजनीतिक नेतृत्वले पनि अधिकार बढी भयो भनिरहेको आवाज एकैसाथ आएकाले आफूहरूलाई असफल बनाउन भएका प्रयास भइरहेको पौडेलको आरोप छ । असफल बनाउने प्रयासलाई बिफल बनाउन प्रदेश र स्थानीयतहबीचको सम्बन्ध सुमधुर हुनुपर्ने उनको भनाई छ ।

उनले काम गर्ने समयमा योजना र आवश्यकताको आधारमा बजेट तर्जुमा गर्न यहाँको जनप्रतिनिधिलाई आग्रह गरे । अन्तरकृयामा भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले पाएको अधिकार कार्यान्वयन गरी असल चरित्रको भूमिका निर्वाह गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

मुख्यमन्त्री र मन्त्रीलाई नुवाकोटका प्रदेशसभा सदस्य बद्री मैनाली, केशव पाण्डे, आसामाया लामा, जिसस प्रमुख शन्तमान तामाङसहित जिल्लाका स्थानीयतहका प्रमुखले यहाँ सञ्चालनमा रहेका योजना तथा कार्यक्रम एवं भावी रणनीतिको बारे जानकारी दिएका छन् । रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार ००:००