२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ को गुरुयोजना बनाइने



१८ फागुन, नुवाकोट ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुरुयोजना बनाएर व्यवस्थित शहरीकरण सहितको आधुनिक प्रदेशका रुपमा स्थापित गराइने बताएका छन् ।

साँझ यहाँ आएका मुख्यमन्त्री पौडेलले विदुर नगरपालिकाको स्वागत स्वीकार्दै मुलकभरको प्रदेश नं ३ मा विकासका पर्याप्त सम्भावना रहेको बताए ।

मुलुकको विकास गर्न स्थानीय तह र प्रदेशबीचको सहकार्य राम्रो हुनुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ थियो । “अधिकारसम्पन्न प्रदेश र स्थानीय तहलाई केन्द्रले बढी अधिकार भयो भनिरहेको छ, यसलाई जोगाउन प्राप्त अधिकार कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्छ,” उनले भने ।

कार्यक्रममा भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले जनप्रतिनिधिलाई सम्मान र बधाई लिएर नहिँड्न निर्देशन दिए । मुख्यमन्त्री र मन्त्रीलाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाभित्र सञ्चालित कार्यक्रम तथा भावी योजनाको जानकारी दिए ।
रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार ००:००