१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार



१६ फागुन, हेटौँडा ।
प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषद्मा आज (बुधवार) चार जना नयाँ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेका तर्फबाट कैलाश ढुंगेल, अरुण नेपाल, दावा दोर्जे लामा र नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन् । प्रदेश नं ३ को प्रमुख अनुराधा कोइरालाले यहाँ आयोजित समारोहमा नवनियुक्त चारजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।

उक्त कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ र विभिन्न मन्त्रालयका सचिव सहभागी थिए । वर्तमान मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित सात जना मन्त्री रहेको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मौजुदा मन्त्रिपरिषद्को कार्य विभाजन यस प्रकार छः

१. मुख्यमन्त्री डोरमणि पौडेल– मन्त्रिपरिषद् कार्यालय
२. केशव स्थापित– भौतिक पूर्वाधार विकास मन्त्रालय
३. शालिकराम जम्मकटेल– आन्तरिक मामिला तथा कानून मन्त्रालय
४. कैलाश ढुंगेल– आर्थिक मामिला तथा योजना ‘नवनियुक्त’
५. अरुण नेपाल– उद्योग पर्यटक, वन र वातावरण ‘नवनियुक्त’
६. दावा दोर्जे लामा– भूमि व्यवस्थापन कृषि र सहकारी ‘नवनियुक्त’
७. युवराज दुलाल– सामाजिक विकास मन्त्रालय ‘नवनियुक्त’

केही दिनअघि मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो । नवनियुक्त मन्त्रीले आगामी शुक्रबार पदबहाली गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ००:००