१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महेन्द्रबहादुर शाहीलार्इ प्रदेससभा बैठकबाट विश्वासको मत प्राप्त



१५ फागुन, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेससभाको आज बसेको बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा २ अनुरूप विश्वासको मत माग्दै प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावको पक्षमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र का ३२ सदस्य तथा विपक्षमा नेपाली कांग्रेसका ५ र राप्रपाका एक गरी छ जना सदस्यले मतदान गरेका थिए ।

यसअघि प्रस्तावको सर्मथन गर्दै नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले फागुन ३ गते प्रदेश प्रमुखलाई दिएको हस्ताक्षर लाई कायमै राख्ने र सरकारको पक्षमा मत दिने बताए । उनले सरकारले सहकार्यको बाटो अवलम्बन गर्नुपर्ने सुझाव पनि दिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरू रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताउँदै सरकारले गरेका कामका आधारमा सर्मथन तथा विरोध गर्ने धारणा व्यक्त गरे ।

राप्रपाका सोशीला शाहीले आफ्नो पार्टीको संविधानका केही धारामा मतभेद भएपनि समृद्धिका लागि सबैसँग सहकार्य गर्दै जाने बताए । अर्को सूचना प्रकाशित नभएसम्मका लागि प्रदेससभाको अर्को बैठक स्थगित गरिएको सभामुख राजबहादुर शाहीले घोषणा गरे ।
रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलबार ००:००