५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशभित्र सञ्चालित योजना पहिचान गरी विवरण तयार गर्न निर्देशन



१५ फागन, पोखरा ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश नं ४ भित्रका ११ वटै जिल्लामा सञ्चालित योजनाको पहिचान गरी विवरण तयार गर्न पूर्वाधार विकास समितिलाई निर्देशन दिएका छन् ।

पूर्वाधार निर्माण समितिको बैठकमा मुख्यमन्त्री गुरुङले प्रदेशको दीर्घकालीन विकासका योजना तय गर्नाका साथै गौरवका आयोजनाको सम्भाव्यता अध्ययनका लागि भइरहेका योजनाको पहिचान गरिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लालमणि ओझाका अनुसार बैठकमा मुख्यमन्त्री गुरुङले प्रदेशका संरचनालाई सुव्यवस्थित गराउन यहाँका सरकारी जग्गा के कस्तो अवस्थामा छन्, सोको आवश्यक पहिचान गरी आवश्यक सुझाव दिन पनि निर्देशन दिएका थिए ।

प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला र त्यहाँभित्र हुने सेवा तथा सुविधा लगायतको व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आधार तयार गर्न उनले निर्देशन दिए ।

त्यस्तै प्रदेशभित्र खानेपानी र विद्युत् नपुगेका क्षेत्र पहिचान गरी त्यसका लागि आवश्यक योजना तय गर्न मुख्यमन्त्रीले निर्देशन दिएका थिए ।

पूर्वाधार विकास मन्त्रालयका सचिव भरत अर्यालको संयोजकत्वमा रहेको पूर्वाधार निर्माण समितिको आजको बैठकमा ४ नं प्रदेश अन्तर्गतका मन्त्रालयका सचिवहरू सहभागी थिए ।
रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलबार ००:००