७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाइनेः मन्त्री केसी



१५ फागुन, सुर्खेत ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाइने बताएकी छन् ।

पश्चिम सुर्खेतको बराहताल गाँउपालिकाको बड्डीचौरमा रहेको जनज्योति मावि अन्तर्गत सञ्चालित प्राविधिक शिक्षाको कृषि र पशुसेवा कार्यक्रमको सोमबार अनुगमन तथा निरीक्षणपछि शिक्षक, विद्यार्थी र अभिभावकसँगको अन्तरक्रियामा मन्त्री केसीले विद्यार्थीले उत्पादन गरेका सामग्रीलाई मन्त्रालयले व्यवस्थापन गर्ने बताइन् ।

त्यहाँ विद्यार्थीले विद्यालयबाट सहुलियतमा ऋण लिएर बाख्रा पालन, गँड्यौला पालन, तरकारी खेती, कुखुरा पालन, बंगुर पालन, च्याउ खेती, माछा पालन लगायत व्यवसाय सञ्चालन गर्दै आएको विद्यालयका प्रअ नारायणप्रसाद सिग्देलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलबार ००:००