२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने



१४ फागुन, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि मंगलबार हुने प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा उनले विश्वासको मत लिन लागेको संसद् सचिवालयले जनाएको छ ।

सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो दलका सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको माओवादी संसदीय दलका मुख्य सचेतक सीता नेपालीले जानकारी दिइन् ।

एक सांसद भएको राप्रपाले राष्ट्रियसभाको चुनावमा वाम गठबन्धनका पक्षमा मतदान गरेको थियो । कर्णाली प्रदेशमा ४० सांसद छन् । एमालेका संसदमा सभामुखबाहेक १९, माओवादी केन्द्रका १३ र नेपाली कांग्रेसका ६ छन् ।
रासस

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार ००:००