१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ५ मा कानून मस्यौदा तथा सुझाव आयोग गठन



१४ फागुन, बुटवल ।
प्रदेश नं ५ मा प्रदेश कानून मस्यौदा बनाउन प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन गरिएको छ । केहीदिनअघि बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने निर्णय गरेर आयोगका पदाधिकारीलाई आज पत्र दिइएको हो ।

आयोगको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा कुमार आचार्य र सदस्यमा अधिवक्ता विष्णु पोखरेल र खुमाकान्त पौडेल रहेका छन् । आयोगको पदेन सदस्यमा प्रदेशका सहन्यायाधिवक्ता, मुख्यमन्त्रीको कार्यालयका कानून उपसचिव र आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून महाशाखा प्रमुख रहने छन् । आयोगलाई एक वर्षको समयाबधि दिइएको छ ।

मुख्य मन्त्री शंकर पोखरेलले आफूले पदबहाली गरेकै दिन आफ्नो सरकारको प्रमुख काम प्रदेश सरकारले बनाउनु पर्ने कानून निर्माण पहिलो प्राथमिकतामा रहेको बताएका थिए ।
रासस

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार ००:००