२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक



१४ फागुन, महेन्द्रनगर– धनुषा ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार मुख्यमन्त्री निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ मा सुशासन कायम गर्नका लागि सो प्रतिबद्धतापत्र जारी गरेका हुन् ।

प्रदेश नं २ को मुख्यमन्त्री पदको शपथ लिँदै गर्दा मुख्यमन्त्री राउतले प्रदेशमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएअनुरुप प्रदेशभित्र सुशासन कायम गर्न प्रतिबद्धता पत्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा प्रदेशभित्र पूर्णरुपमा सुशासन कायम गरिने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने, नीतिगतरुपमा गरिने भ्रष्टाचार स्वीकार्य नहुने, प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती सहन गर्न नसकिने, प्रदेशका सेवाग्राही जनतालाई सरकारी कर्मचारीको २४ घण्टाभित्र काम पूरा गर्नुपर्ने, सेवाग्राहीको हितलाई ध्यानमा राखेर प्रदेश मुख्यमन्त्रीको कार्यालय मातहत ‘हेलो प्रदेश’ डेस्क स्थापना गरिने, त्यसका लागि निःशुल्क टेलिफोन सेवा पछि सार्वजनिक गरिने, प्रदेशको कर्मचारीले राष्ट्रसेवक कर्मचारी भनेको जनताको सेवक हो भन्ने सन्देश जनतामा प्रवाहित गर्ने उल्लेख गरिएको छ ।

प्रतिबद्धता पत्रमा इमेल अmउचयखष्लअभद्द२नmबष्।िअयm लगायत अन्य विद्युतीय माध्यमबाट समेत जनताले आफ्ना गुनासा सिधै मुख्यमन्त्री कार्यालयमा टिपाउन सक्ने र इमेलबाट प्राप्त जनताका गुनासामा तत्काल कारबाही गरिने तथा गुनासा उपर कारबाही भए÷नभएको जानकारी उजुरीकर्तालाई दिइने, ‘जनतासंग मुख्यमन्त्री’ भन्ने जनतासँग प्रत्यक्ष संवाद हुने खालका कार्यक्रमका लागि सञ्चार माध्यम प्रयोग गरी सञ्चालन गरिने, ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम समेत मुख्यमन्त्रीको सुशासन कार्यक्रमकै एक पाटो हुने र जनताले सिधै आफ्ना गुनासा मुख्यमन्त्रीसँग राख्न पाउने बताइएको छ ।

त्यसैगरी, प्रदेशका विभिन्न ठाउँ जस्तै गाउँपालिका, नगरपालिका, वडा तथा टोल लगायत विभिन्न भागमा मुख्यमन्त्री जनताको घर दैलोमा गई प्रदेश सरकारप्रति रहेका गुनासा सुन्ने र उक्त गुनासाको सम्बोधन गर्ने प्रयास गरिने कुरा प्रतिबद्धता पत्रमार्फत बताइएको छ ।

त्यस्तै, प्रदेशका जनतालाई दैनिक उपभोग्य वस्तु र सेवामा हुने कालाबजारी वा महँगी नियन्त्रणको लागि प्रभावकारी रुपमा बजार भाउको अनुगमन गर्दै कालाबजारी नियन्त्रण गर्नका लागि सरकार प्रतिबद्ध रहने, अनियन्त्रित र अवैधरुपमा भइरहेको मदिरा बेचविखन तथा सेवनलाई आवश्यक नीति बनाई नियन्त्रित गरिने र वन्यजन्तु तस्करी, प्राकृतिक स्रोतसाधन दोहन तथा वन फँडानीलाई तत्कालन रोकिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

मुख्यमन्त्री राउतले प्रदेश विकासका लागि ५ ‘स’ को कार्यक्रमसाथ अगाडि बढ्ने बताउँदै आएका छन् । मुख्यमन्त्री राउतले फेरि पनि पाँच ‘स’ का आधारमा अघि बढ्नु पर्ने बताए । उनले बताउँदै आएको सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइ गरी ५ ‘स’ लाई विशेष प्राथमिकतामा राखेर प्रदेशको विकासको खाका कोर्ने कुरालाई पुनः दोहो¥याएका छन् ।
रासस

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार ००:००