१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ नं. प्रदेशको राजधानी ४ महिनापछि सार्छौंः स्थापित



१३ फागुन, चितवन । प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी ४ महिना पछि सार्ने तयारी भइरहेको बताएका छन् । नयाँ ठाउँको पहिचान भएसकेको तर नाम अहिल्यै सार्वजनिक गर्न नमिल्ने बताए । राजधानी सार्न भने आन्तरिक गृहकार्य भइरहेको बताए ।

सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको उनले बताए । आईतबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले राजधानी राख्ने भनिएको नयाँ ठाउँबारे सार्वजनिक गर्न भने नमिल्ने दाबी गरे । “अहिले नै सार्वजनिक ग-यो भने समस्या हुन्छ,” उनले भने ।

प्रदेशको केन्द्र पर्नेगरी राजधानी सार्ने तयारी गरिएको ठाउँमा ७ लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र ३ लाख रोपनी वन रहेको पनि उनको दाबी । “त्यो ठाउँमा ५० हजार रोपनी खोलाले खाएको जग्गा छ । १४/१५ करोड लिटर पानी भण्डारण गर्न मिल्छ,” उनले भने, “जसले गर्दा १० लाख जनतालाई खानेपानी बितरण गर्न पुग्छ ।”

३० वटा महत्वपूर्ण पूर्वाधार बनाउने बताउँदै उहाँले प्रदेशको जुन ठाउँबाट पनि चार घण्टाभित्र राजधानी पुगिने बताउनुभयो । जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै उहाँले आउँदो ४ महिनाभित्र राजधानी सर्ने बताउनुभयो ।

“निर्णय भएपछि तत्काल सार्छौं । पूर्वाधार मन्त्री म आफै भएकाले तयारी गरिरहेको छु । आन्तरिक काम भइरहेको छ ।” उनले भने, “मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सांसद भवन कहाँ राख्ने भन्ने विषयमा गृहकार्य पनि भइरहेको छ ।” राजधानी सरेसँगै प्रदेशको नामाकरण गरिने उनले बताए । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७४, आइतबार ००:००