५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी र निजामती कानून चाँडै ल्याउनेछौँः मुख्यमन्त्री गद्दी



८ फागुन, पर्सा ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सरकारले निकट भविष्यमै प्रहरी तथा निजामती लगायत ७ वटा कानून ल्याउने तयारीमा रहेको जानकारी दिएका छन् ।

उनले संविधानको मूल कानूनसंग नबाझिने गरी प्रदेश सरकारले कानून निर्माण गर्ने गृहकार्यमा लागेको र सक्दो चाँडो कानून निर्माण गरिनेछ । जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै उनले भने, “प्रदेश सरकारले ल्याउन लागेकै कानूनबाट प्रदेशका सबै कर्मचारी नियन्त्रित र निर्देशित हुनेछन् ।”

मुख्यमन्त्री गद्दीले प्रदेश नं २ को सबैभन्दा ठूलो समस्या नै ढिलासुस्ती र अनियमिता रहेकाले यसलाई सुधार गरी विकास निर्माणका कार्य अगाडी बढाउनेतर्फ प्रदेश सरकार लागिपरेको चर्चागर्दै सरकारले लिएको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जतनाको काममा ढिलासुस्ती र अनियमितता गर्ने विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने बताउँदै उनले मुलुकभित्र रहेका प्रशिक्षित, परिस्कृत र अनुभवी राष्ट्रसेवकको सहयोग बिना प्रदेशलाई समृद्ध बनाउन नसकिने बताए ।

मुख्यमन्त्री गद्दीले प्रदेशको समृद्धिका लागि आ–आफ्नो तर्फबाट शतप्रतिशत सहयोग गर्न कर्मचारीलाई आग्रह गर्दै जनताको कामलाई तोकिएको समयभित्र सम्पन्न गरी सेवा प्रवाहलाई गति दिन कार्यालय प्रमुखलाई निर्देशन पनि दिए ।

तोकिएको समयमा काम पूरा गर्ने बानीको विकासले पहिले प्रदेश र पछि पूरै देशलाई विकासको बाटोमा डो¥याउन मद्दत पु¥याउँने उनले बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका सहभागी कार्यालय प्रमुखले दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएकाले हाल देखिएको जनशक्ति न्यूनताको अवस्थालाई अन्त्य गर्न मुख्यमन्त्री गद्दीलाई ध्यानाकर्षण गराए ।
रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलबार ००:००