१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य मन्त्री पोख्रेलद्वारा कपिलवस्तुका विभिन्न पर्यटकीयस्थलको अवलोकन



८ फागुन, जितपुर– कपिलवस्तु ।
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले यहाँका विभिन्न पर्यटकीयस्थल अवलोकन गरेका छन् । ऐतिहासिक तिलौराकोट दरबार, निगलीहवा, निगालीकोट, राजापानी, जगदीशपुर ताललगायतका ठाउँ अवलोकन गरेका उनले यस जिल्लाको गुरुयोजना बनाएर संवृद्धितर्फ लैजान आफू प्रतिबद्ध भएको धारणा राखे ।

कपिलवस्तु संस्कृतिक हिसाबले धनी र पुरातात्विक हिसाबले पनि यो उत्तिकै महत्वपूर्ण छ । नेपालमा भएका जिल्लामध्ये सबैभन्दा बढी पुरातात्विक स्थल यही भएकाले पनि यहाँको दिगो विकासमा लाग्नुपर्ने मुख्यमन्त्री पोख्रेलको भनाइ थियो ।

उनले भने, “मुलुकको ठूलो पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने सम्भावना भएको यस क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउन सकिन्छ ।”

पुरातत्व विभाग, बेलायतको दूरहाम विश्वविद्यालय र लुम्बिनी विकास कोष युनेस्को जापानीज फण्ड इन ट्रष्टको आर्थिक सहयोगमा करिब ३ वर्षदेखि उत्खनन गरिरहेको तिलौराकोट दरबार अवलोकन पछि मुख्यमन्त्री पोख्रेलले उत्खननमा हालसम्म भएको प्रगति र उपलब्धिका बारेमा समेत जानकारी लिएको उत्खनन, अन्वेषण तथा अनुसन्धान कार्यक्रमका सहनिर्देशक रविन कनिङ्घाम र पुरातत्व विभागका पूर्व निर्देशक कोषप्रसाद आचार्यले जानकारी दिए ।

यसैगरी तिलौराकोट नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालय कपिलवस्तु नगरपालिका– ९ जगदीशपुरमा १५७ हेक्टर क्षेत्रफलमा रामसार सूचीमा सूचीकृत मानवनिर्मित नेपालकै सबैभन्दा ठूलो जगदीशपुर ताल पनि अवलोकन गरिएको थियो ।

भ्रमण टोलीमा यस जिल्लाका प्रतिनिधिसभा तथा प्रदेश सांसदहरुको पनि सहभागिता रहेको थियो । हाल पश्चिम क्षेत्रको प्रदेश नं ५ मा पर्ने कपिलवस्तु जिल्लाको क्षेत्रफल ६७१ किमी छ ।
रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलबार ००:००