१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुशासन कायम गरी समृद्धि हासिल गर्छौंः मुख्यमन्त्री गद्दी



८ फागुन, पर्सा ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुशासनबिना प्रदेशको विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले विकास र समृद्धिका लागि शान्ति र सुशासन पहिलो शर्त रहेकाले प्रदेश नं २ मा सुशासन कायम गरी विकास र समृद्धि हासिल गर्ने प्रदेश सरकारको मुख्य लक्ष्य रहेको बताए ।

“प्रदेशमा कानून व्यवस्था र सुशासन कायम गर्न प्रदेश सरकारले कुनै कसर बाँकी राख्दैन,” उनले भने । प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले वर्तमान प्रान्तीय सरकारको पहिलो प्राथमिक्ता सुशासनलाई कायम गर्नु रहेको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष गोपाल केडीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक सय ११ किलोको फूलको माला लगाई मुख्यमन्त्री गद्दीलाई स्वागत गरिएको थियो ।
रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलबार ००:००