१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ६ का ५ योजना सार्वजनिक



४ फागुन, सुर्खेत ।
प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार अपराह्न पदभार ग्रहण गरेका छन् । नेपालको संविधान को धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त शाहीलाई प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले शपथ गराएका थिए । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहीले आफ्ना ५ प्राथमिकताका योजना सार्वजनिक गरेका छन् ।

सोअनुसार प्रदेश नं ६ का प्रत्येक स्थानीय तहमा सडक सञ्जाल विस्तार तथा विद्युतीकरण, बढ्दो जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण एवं हरित प्रदेशका रुपमा विकास, पर्यटकीय क्षेत्र ९हुम्लाको मानसरोवर र कैलाश पर्वत, मुगुको छायानाथ र रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल, सुर्खेतको काँक्रेविहार, कालीकोटको त्रिवेणी, दैलेखको ज्वाला केन्द्र०, साना तथा ठूला धार्मिक– प्राकृतिक सम्पदालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ ।

त्यसैगरी प्रदेशभित्रका सबै जिल्लामा सुविधासम्पन्न अस्पताल बनाइने, हरेक विधाका शैक्षिक संस्था स्थापना गरी दक्ष जनशक्ति उत्पादन गरिने र रोजगारीको वातावरण सिर्जना गरिने छ ।
रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ००:००