२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई वर्षभित्र सबै घरमा विद्युत् एवं खानेपानी



४ फागुन, पोखरा ।
प्रदेश नं ४ को पहिलो मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षभित्र प्रदेशका सबैका घरमा विद्युत् र खानेपानी पु¥याउने निर्णय गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले ‘उज्यालो प्रदेश कार्यक्रम’ अन्तर्गत दुई वर्षमा सबैका घरघरमा विद्युत् पु¥याइने तथा पाँच वर्षभित्र अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गरिने, प्रदेशका सबै स्थानीय तह र केन्द्रसंग सडक पहुँच विस्तारका साथै अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माण गरिने बताउँदै अर्बुद, मुटु र मिर्गौला रोगको उपचार केन्द्र स्थापना गरी सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले प्रदेशमा बोलिने सबै भाषा र संस्कृतिको संरक्षण र संवर्द्धन, विभिन्न जाति जनजातिको पहिचान झल्किने गरी बहुसांस्कृतिक ग्राम स्थापना तथा सरकारको कार्यसम्पादनलाई चुस्त र दुरुस्त पार्न विद्युतीय सुशासनमा जोड दिने निर्णय पनि गरेको छ ।

त्यस्तै प्रदेश सरकारका सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धी नियमावली २०७४, प्रदेशसभा कार्यविभाजन नियमावली २०७४ र प्रदेशसभा कार्यसम्पादन नियमावली २०७४ स्वीकृत भएको छ ।

बैठकले उद्योगमन्त्री बस्नेतलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकले नेपालको लोकतान्त्रिक जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायत विभिन्न आन्दोलनका शहीदप्रति सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ००:००