५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिनेः मन्त्री चौधरी



४ फागुन, नवलपरासी ।
प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५ लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवलपरासी– (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । यस प्रदेशलाई भौतिक पूर्वाधारको हिसाबले स्तरोन्नति गरी चौतर्फी विकास गर्दै देशकै नमूना र सवल प्रदेशको रुपमा विकास गरिने उनले बताए ।

प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री चौधरी नवलपरासी– (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ बाट निर्वार्चित सदस्य हुन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल– १ पथरहैया गाउँमा २०२२ साल असार १४ मा जन्मेका चौधरी इन्जिनियरिङ पेशा बाट राजनीतिमा प्रवेश गरेका थिए । नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य उनी यसअघि जिल्ला विकास समितिको सभापति भएका थिए ।
रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ००:००