९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं १ मा पाँच सदस्यीय मन्त्रिमण्डल



३ फागुन, विराटनगर ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम चार जना मन्त्रीलाई नियुक्त गरेका छन् ।

मुख्यमन्त्री राईले हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानून, इन्द्रबहादुर आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना, जीवन घिमिरेलाई सामाजिक विकास र जगदीश कुशियैतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईले भौतिक तथा पूर्वाधार, भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालय आफैसँग राखेका छन् ।

नवनियुक्त मन्त्रीको शपथ

मुख्यमन्त्री राईको शपथ ग्रहणलगत्तै प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराए । सो अवसरमा प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइराला लगायत उच्चपदस्थ कर्मचारी, वरिष्ठ सुरक्षा अधिकारी, प्रदेशसभा सदस्य लगायत सर्वसाधारणको उपस्थिति थियो ।
रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार ००:००