११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आह्वान



२ फागुन, धनगढी । प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आज आह्वान गरेका छन् ।

प्रकाशित सूचनामा नेपालको संविधानको धारा १६८ को उप धारा–१ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत रहेको नदेखिएकाले उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थन स्पष्ट देखिने गरी मुख्यमन्त्रीमा नियुक्त हुन यही फागुन ४ गते दिउँसो ११ बजेभित्र प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न आह्वान गरिएको उल्लेख गरिएको छ ।

प्रदेश प्रमुखको आह्वानपछि सम्भवतः आजै वा भोलि बिहानसम्म नेकपा (एमाले) र माओवादी केन्द्रको बहुमत सांसदको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरियोस् भन्ने दाबी पेश गर्ने तयारी गरिएको छ ।

एमालेका प्रदेश सांसद प्रकाश शाहले एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दाबी पेश हुन लागेको छ । प्रदेश नम्बर ७ मा एमालेका २५ माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् । रासस

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार ००:००