९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री पौडेलद्वारा पदबहाली



२९ माघ, हेटौँडा ।
प्रदेश नं ३ नं प्रदेशका नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले आज अपरान्ह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् ।

पदबहालीपछि आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को सन्तुलित विकासका लागि सीमित स्रोत साधन परिचालन गरी १३ वटा जिल्लामा नमूना शहर बनाउनु आफ्नो प्राथमिकता रहेको बताए । उनले प्रदेश सरकारको काम अगाडि बढाउन आवश्यक कानून निर्माण तथा परिमार्जन गर्ने बताए ।

मुख्यमन्त्री पौडेलले राष्ट्रसेवकले ऐन कानूनको परिधिभित्र रहेर जनमुखी सेवा प्रवाह गर्न र आर्थिक अनुशासन कायम राख्न आग्रह गरे । उनले हेटौँडा उपमहानगरपालिका– ११ स्थित शहीद स्मारकमा गई आजै शहीदप्रति श्रद्धाञ्जलि अर्पण समेत गरे ।

त्यस अवसरमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले पनि शहीद स्मारकमा पुष्पगुच्छा चढाएका थिए ।
रासस

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार ००:००