२९ माघ, हेटौँडा ।
प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराएकी छन् ।
प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गरेकी थिइन् । नेकपा एमाले का तर्फबाट मकवानपुर– १ ख बाट निर्वाचित भएका उनी प्रदेश नं ३ को संसदीय दलका नेता हुन् ।
शपथग्रहण समारोहमा ३ नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ उपसभामुख राधिका तामाङ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जमरकट्टेल र प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश नं ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सहभागिता थियो ।
रासस
प्रतिक्रिया