२८, माघ, हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले आज नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा (एमाले) प्रदेश नं ३ का संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् ।
प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आज साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदको नियुक्तिको जानकारी दिए । नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान पद र गोपनियताको शपथ गराउने कार्यक्रम छ । रासस
प्रतिक्रिया