७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले प्रदेश नं १ः संसदीय दलका नेतामा राई



२६ माघ, विराटनगर । नेकपा एमाले प्रदेश नं १ को संसदीय दलका नेतामा शेरधन राई निर्वाचित भएका छन् । राई भोजपुरबाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समितिस्थित संसदीय कार्यालयमा शुक्रबार सम्पन्न निर्वाचनमा राईले २६ र उनका निकटतम प्रतिद्वन्द्वी भीम आचार्यले २४ मत प्राप्त गरेका थिए । एक मत बदर भएको छ । प्रदेश नं १ मा एमालेका ५१ प्रदेशसभा सदस्य छन् ।

सोही अवसरमा प्रदेश नं १ मा संसदीय दलको निर्वाचनका लागि गठित तीन सदस्यीय निर्वाचन टोलीले निर्वाचित राईलाई प्रमाणपत्र प्रदान ग¥यो । सञ्चारकर्मीसंग कुरा गर्दै नेता राईले संसदीय दलको बैठक बसेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए ।

संसदीय दलको नेतामा निर्वाचनमा पराजित आचार्यले अब आफू पार्टीको कार्यमा जुट्ने बताए । प्रदेश नं १ मा सभामुखको चयन यही माघ २९ गते हुँदैछ ।
रासस

प्रकाशित मिति : २६ माघ २०७४, शुक्रबार ००:००