६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं १ प्रदेशसभा संसदीय दलको नेतामा रार्इ र आचार्य भिड्दै



२६ माघ, विराटनगर । नेकपा एमाले बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज दुई जना बीच मतदान हुने भएको छ ।

संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहेका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका पूर्वमन्त्री शेरधन राईले आज बिहान ११ः३० बजे जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराए ।

आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ पाँचथर र तुलसी न्यौपाने संखुवासभा रहेका छन् भने राईको प्रस्ताव र समर्थकमा हिक्मत कार्की झापा र जगदीश कुशियत सुनसरी रहेका छन ।

दाबी विरोधको प्रक्रिया पूरा भएपछि अपरान्ह ३ः३० बजेदेखि मतदान हुने नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालले जानकारी गराए । प्रदेश नं १ मा नेकपा एमालेको प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ गरी कुल ५१ जना प्रदेशसभा सदस्य छन् ।

तीमध्ये २६ मत ल्याउने संसदीय दलको नेता हुनेछन् । संसदीय दलकै नेता मुख्यमन्त्री हुने सो पार्टीको विधानमा उल्लेख छ ।
रासस

प्रकाशित मिति : २६ माघ २०७४, शुक्रबार ००:००