१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौँडामा छ मन्त्रालय स्थापित, कुन मन्त्रालय काहाँ ?



२५ माघ, हेटौँडा ।
प्रदेश नं ३ को अस्थायी मुकाम हेटौँडामा ६ मन्त्रालय स्थापना गरिएका छन् । हेटौँडा उपमहानगरपालिका– २ स्थित जिल्ला समन्वय समितिको भवनमा केही दिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्थापना गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उपमहानगरपालिका– १ स्थित श्रम कार्यालयको भवनमा भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय, वडा नं २ स्थित क्षेत्रीय वन कार्यालयको भवनमा उद्योग, पर्यटन, वन, तथा वातावरण, जिल्ला शिक्षा कार्यालयको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सहकारी डिभिजन कार्यालयको भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना गरिएका छन् । यसैगरी वडा नं १० स्थित क्षेत्रीय स्वास्थ्य कार्यालय भवनमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ ।

आगामी फागुनको पहिलो सातादेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयको कर्मचारीको पदस्थापन एवं कार्यालय सुव्यवस्थित ढंगबाट सञ्चालनमा ल्याउन तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटीले बताए ।

विभिन्न मन्त्रालयको कार्यालय स्थापना गर्ने क्रममा जिल्लास्तरीय कार्यालयमध्ये केही कार्यालयलाई हेटौँडास्थित विभिन्न सरकारी कार्यालयको भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको मकवानपुरका प्रजिअ चक्रबहादुर बुढाले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार ००:००