२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ६ बाट वाम गठबन्धनका आठै जना उम्मेदवार विजयी



२५ माघ, सुर्खेत ।
बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा ६ नं प्रदेशबाट आठै जना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

महिला र खुलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी वाम गठबन्धनका खुलातर्फका कालीबहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी तथा महिलातर्फका युटुल तामाङ, कविता बोगटी र नन्दा शर्मा चपाई विजयी भएका छन् ।

त्यस्तै, दलिततर्फ नरपति लुहारले तीन हजार ६६६ र अपाङ्ग÷अल्पसंङ्ख्यकतर्फ जीवनबहादुर बुढाले तीन हजार ७२० मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।
रासस

प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार ००:००