२५ माघ, विराटनगर ।
प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गरेका थिए ।
सो अवसरमा निर्वाचित सांसदहरु नैनकला ओझा मोरङ, खेमराज नेपाली मोरङ, हरिचरण शिवाकोटी झापा, परशुराम मेघी गुरुङ संखुवासभा, अगम वान्तवा राई इलाम, बिना पोखरेल मोरङ र रमेशजंग रायमाझी मोरङ लाई प्रमाणपत्र वितरण गरियो ।
नेपाली कांग्रेसबाट विजयी महिला सदस्य कृषि राज्य मन्त्री सरिता प्रसाईं झापा विदेश भ्रमणमा रहेका कारण अनुपस्थित थिइन् ।
सो अवसरमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जनताको समुन्नत हुने चाहनालाई निर्वाचित सदस्यले पूरा गर्ने विश्वास व्यक्त गर्दै निर्वाचन सफलतापूर्वक गर्नमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरे ।
रासस

प्रतिक्रिया