१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न सल्लाह



२१ माघ, विराटनगर ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।

प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र स्रोतको खोजी गर्न सल्लाह दिए । पार्टी महासमितिको बैठक चाँडो बस्नुपर्ने र पार्टीको विधानलाई संशोधन गरी नयाँ संरचनानुरुप महाधिवेशन गर्नुपर्ने धारणा पनि उनले राखे ।

भारतका विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले दुवै छिमेकी मुलुकबीच यस्ता भ्रमण भइरहन्छ, यस विषयमा अनावश्यक रुपमा टीकाटिप्पणी गर्नु उचित हुँदैन भन्दै जुनसुकै सरकार आए पनि भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
रासस

प्रकाशित मिति : २१ माघ २०७४, आइतबार ००:००