६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एम्बुलेन्स खरिदका लागी साढे ११ लाख संकलन



२१ माघ, भक्तपुर ।
नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको एम्बुलेन्स खरिद सहयोग संकलन अभियानमा करिब साढे ११ लाख संकलन भएको छ ।

यसअघि सञ्चालन गरेको एम्बुलेन्स बिग्रिएपछि उपशाखाले नयाँ एम्बुलेन्स खरिद गर्न शुरु गरेको सहयोग अभियानअन्तर्गत विभिन्न दाता एवं संघसंस्थाबाट ११ लाख ४१ हजार ५०० संकलन भएको उपशाखाका सभापति सोम शर्मा बजगाईंले जानकारी दिए ।

सहयोग प्रदान गर्नेमा युवा बचत तथा ऋण सहकारी संस्था लि। २ लाख ५० हजार, झझल्को बचत तथा ऋण सहकारी संस्था लि। १ लाख ११ हजार, मुहान गणेश साकोसबाट १ लाख, चाँगुनारायण नगरपालिकाबाट २ लाख, रेडक्रस जिल्ला शाखा भक्तपुरबाट १ लाख, व्यवसायी सरोज थापाबाट ३० हजार, निर्माण व्यवसायी संघ भक्तपुरबाट २५ हजार, केशव अधिकारी, राजाराम खड्का, सोम शर्मा बजगाईं, शुसिला शाह, ज्ञानबहादुर केसी, श्रीराम लामिछाने र दिवाकर मुनकर्मीबाट जनही २५ हजार र अन्य विभिन्न दाता तथा संघसंस्थाबाट १ लाख ९० हजार संकलन भएको सभापति बजगाईंले जानकारी दिए ।

सहयोग संकलन अभियान कार्यक्रममा प्रदेश सभाका सांसद हरिशरण लामिछानेले एम्बुलेन्स खरिद गर्नुभन्दा सञ्चालन र सही व्यवस्थापन गर्नु प्रमुख चुनौती भएकाले एम्बुलेन्स प्रभावकारी सञ्चालन गर्ने विधि र योजना निर्माण गर्नु आवश्यक रहेको विचार राखे ।

उपशाखाले चाँगुनारायण नगरपालिकाका नगरकोट, बागेश्वरी र छालिङ क्षेत्रका साथै काभ्रेको मण्डन देउपुर नगरपालिका आसपासका क्षेत्रमा एम्बुलेन्स सेवा पु¥याउँदै आइरहेको छ ।
रासस

प्रकाशित मिति : २१ माघ २०७४, आइतबार ००:००